Logo

२०८३, श्रावण २७गते


images
images

बौद्ध इतिहास

देवदहमा बौद्ध पर्यटन

देवदहमा बौद्ध पर्यटन

images
  • देवदहमा बौद्ध पर्यटन
    images
    images

    विश्व पर्यटन सङ्गठनका अनुसार आफ्नो सामान्य वातावरणभन्दा अन्य स्थानमा पुग्ने र घुम्ने अवस्था पर्यटन हो । विश्व इतिहासमा अमेरिका देश पर्यटनकै कारण पत्ता लागेजस्तै उपचारका क्रममा अपनाइनुपर्ने पृथकीकरणका लागि भएको पर्यटनबाट कोलियराज्य स्थापित भएको हो । कुष्ठरोग लागेर कोल वृक्षको जङ्गलमा आई बसोबास गर्ने वारणसीका राजा रामले स्थापित गरेको राज्य नै कोलिय राज्य हो । बौद्ध साहित्य अनुसार कोलिय राज्यको प्रमुख केन्द्र देवदह र दोस्रो केन्द्र रामग्राम थियो । विश्वका कतिपय देश पर्यटनका कारण विकसित भएका छन् । नेपालमा पछिल्लो समय धार्मिक तथा आरोग्य पर्यटन बढ्दो छ । देवदह पनि आरोग्यता र बौद्ध पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण छ ।

    images
    images
    images

    बुद्धको सम्बन्ध देवदहसँग हुनु नै देवदहमा बौद्ध पर्यटनको प्रमुख आधार हो । गौतम बुद्ध देवदहमा आएर सुत्त तथा जातकको देशना गर्नु अर्को आधार हो । यसबाहेक त्रिपिटकमा देवदहबारे भएको वर्णन, देवदहका पर्यटकीय क्षेत्रहरू बौद्ध पर्यटनका आधारहरू हुन् । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको सात वर्षपछि सारीपुत्र तथा अन्य भिक्षुहरूसहित देवदह आउनुभएको थियो । रोहिणी नदीको विवाद हुँदा पनि बुद्ध आकाश मार्ग हुँदै देवदह आउनुभएको थियो ।

    images
    images
    images

    “भगवान् गौतम बुद्धको केश धातु मात्र पुगेको म्यानमारमा त्यसको संरक्षण, प्रचारप्रसार तथा राज्यको अथाह लगानीका कारण विकासको आधार भएको छ । जहाँ गौतम बुद्ध आउनु भयो, जहाँकी महामायाबाट गौतम बुद्ध जन्मनु भयो, जहाँकी प्रजापतिबाट उहाँको रेखदेख भयो र जहाँबाट उहाँले विवाह गर्नु भयो, उक्त ठाउँको देशव्यापी चर्चा हुन सक्ने गरि काम नहुनु सरोकारवालाहरूका लागि चिन्ताको विषय बन्नुपर्ने हो ।

    images
    images
    images

    नेपालमा बौद्ध पर्यटनको केन्द्रका रूपमा लुम्बिनी छ । नेपालमा रहेका बौद्धकालीन महत्त्वका चार धामहरू लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तुमध्ये लुम्बिनीको विकास तुलनात्मक दृष्टिमा तीव्र गतिमा छ भने अन्य क्षेत्र बौद्ध पर्यटनका हिसाबले पछि परेका छन् । देवदह त झनै बौद्ध जगतमा समेत ओझेलमा छ ।

     “भगवान् गौतम बुद्धको केश धातु मात्र पुगेको म्यानमारमा त्यसको संरक्षण, प्रचारप्रसार तथा राज्यको अथाह लगानीका कारण विकासको आधार भएको छ । जहाँ गौतम बुद्ध आउनु भयो, जहाँकी महामायाबाट गौतम बुद्ध जन्मनु भयो, जहाँकी प्रजापतिबाट उहाँको रेखदेख भयो र जहाँबाट उहाँले विवाह गर्नु भयो, उक्त ठाउँको देशव्यापी चर्चा हुन सक्ने गरि काम नहुनु सरोकारवालाहरूका लागि चिन्ताको विषय बन्नुपर्ने हो ।

    बुद्धले ज्ञान प्राप्त गरि शाक्य तथा कोलीय राज्यमा देशना गर्न आउँदा देवदहका राजा सुप्रबुद्धले रक्सी सेवन गरी बुद्धसँग झगडा गरेका थिए । त्यसको सात दिनमा उनको मृत्यु भएको थियो । साथै बुद्ध देवदह आउँदा कोलिय राज्यमा देवदत्त राजा थिए । देवदहमा देवदत्तले समेत बुद्धको अपमान गरेका थिए । भनिन्छ, यशोधरा र राहुललाई छोडी गृहत्याग गरेका कारण सुप्रबुद्ध र देवदत्तले बुद्धको अपमान गरेका हुन् । यसरी बुद्धलाई अपमान गरेको देख्ने भिक्षुहरूले बुद्धको महापरिनिर्वाणपछि देवदहमा बौद्ध पर्यटनलाई उपेक्षा गरे । देवदह बौद्ध भिक्षुहरु आई देशना दिन आवश्यक ठानेनन् । जसकारणले गर्दा बौद्ध जगत्मा देवदहको महत्त्व कम हुन पुगेको कुरा बौद्ध साहित्यमा भेटिन्छ । हरेक बाआमा÷दाजुभाइले विवाहित छोरी÷बहिनीको रेखदेख नगरी छोडेर हिँड्दा माइती पक्ष रिसाउनु स्वाभाविक हुन्छ । यसलाई गलत रूपमा व्याख्या गरिनु हुँदैन । बरु, यस स्थानको बौद्ध पर्यटनको आधारका रूपमा यसलाई व्यावसायिकता दिनुपर्छ ।

    देवदहक्षेत्रमा रहेका विभिन्न ठाउँहरू बौद्ध पर्यटनका लागि अति नै महत्वपूर्ण छन् । त्यसैले देवदहमा बौद्ध पर्यटनका आधार र सम्भावनाहरू पनि प्रशस्त भेटिन्छन् । बुद्धकालीन रोहिणी नदी पहिलाको बघौर तप्पा र अहिलेको रुपन्देही जिल्लाको देवदह नगरपालिका हुँदै दक्षिण तर्फ बगेको छ । ऐतिहासिक रोहिणी नदीको पूर्व तर्फ कोलियहरूको राज्य अवस्थित थियो । प्राचीन रोहिणी नदी देवदहको प्रामाणिकताका लागि आधार हो । अहिले भनिएको देवदह क्षेत्र बौद्धकालीन देवदह हो भन्ने कुराको सबैभन्दा दरिलो प्रमाण रोहिणी नदी नै हो ।

    देवदहका लागि बौद्ध पर्यटनको अर्को आधार र सम्भावना देवदहबारे बौद्ध साहित्य र चिनिया तीर्थ यात्रीहरूको यात्रा विवरणमा उल्लेख भएका दिशा र दुरी हालको देवदहक्षेत्रसँग मिल्न जानु हो । बौद्ध साहित्यमा देवदहदेखि कपिलवस्तुसम्मको दुरी पाँच योजन रहेको उल्लेख छ । कपिलवस्तुको पूर्व देवदह र यी दुईको बिचमा लुम्बिनी उपवन रहेको चर्चा छ । पाँचौँ शताब्दीका तीर्थयात्री फाइयानले कपिलवस्तुबाट रामग्राम सम्मको दुरी पाँच योजन बाताएका छन् भने अर्को चिनिया तीर्थयात्री हुयनसाङले पनि लुम्बिनीबाट रामग्राम सम्मको दुरी २०० लि. भएको उल्लेख गरेका छन् जुन अहिलेको रोहिणी नदीसम्मको दुरीसँग मेल खान्छ ।

    बुद्धले ज्ञान प्राप्त गरि शाक्य तथा कोलीय राज्यमा देशना गर्न आउँदा देवदहका राजा सुप्रबुद्धले रक्सी सेवन गरी बुद्धसँग झगडा गरेका थिए । त्यसको सात दिनमा उनको मृत्यु भएको थियो । साथै बुद्ध देवदह आउँदा कोलिय राज्यमा देवदत्त राजा थिए । देवदहमा देवदत्तले समेत बुद्धको अपमान गरेका थिए । भनिन्छ, यशोधरा र राहुललाई छोडी गृहत्याग गरेका कारण सुप्रबुद्ध र देवदत्तले बुद्धको अपमान गरेका हुन् । यसरी बुद्धलाई अपमान गरेको देख्ने भिक्षुहरूले बुद्धको महापरिनिर्वाणपछि देवदहमा बौद्ध पर्यटनलाई उपेक्षा गरे । देवदह बौद्ध भिक्षुहरु आई देशना दिन आवश्यक ठानेनन् । जसकारणले गर्दा बौद्ध जगत्मा देवदहको महत्त्व कम हुन पुगेको कुरा बौद्ध साहित्यमा भेटिन्छ ।

    भारतमा पनि कोली तथा देवदह भन्ने ठाउँ छ । गोरखपुरमा रहेको देवदह प्राचीन देवदह हो भन्ने बलियो आधार भने देखिँदैन । यसलाई खण्डन गर्ने चार आयामहरू छन् । पहिलो, लुम्बिनीबाट गोरखपुर पूर्वमा छैन । दोस्रो, लुम्बिनी र गोरखपुरको दुरी पाँच योजनभन्दा धेरै छ । तेस्रो, रोहिणी नदीको अवस्थिति र दिशा गोरखपुरसँग मिल्दैन । चौँथो, बौद्ध साहित्यमा उल्लिखित यात्रा विवरणहरूले पनि रामग्रामलाई प्रमाणित गरिदिएको छ । जुन प्राचीन कोलिय राज्यमा पर्दथ्यो ।

    ह्वेनसाङ्ले पनि रामग्रामलाई लुम्बिनदेखि पूर्वतर्फ रहेको उल्लेख गरेका छन् । उनले पुरानो राजधानीदेखि दक्षिण पूर्वमा रामग्राम स्तूप रहेको उल्लेख गरेका छन् । यी र यस्ता महत्वपूर्ण तथ्यहरूले देवदहमा बौद्ध पर्यटनको आधार र सम्भावनालाई स्थापित गरेको छ । जसरी तीर्थयात्री ह्वेनसाङले पुरानो राजधानी पुरै खण्डहरमा परिणत भैसकेको यात्रा वृत्तान्तमा उल्लेख गरेका छन् । त्यसरी नै देवदहका अधिकांश क्षेत्रहरू पुरातात्विक खण्डहरमा परिणत छन् । ती खण्डहरहरूमध्ये कतिपय त माटोमा पुगिसकेको अवस्था छ ।

    देवदहमा पर्ने कन्यामाई, बैरीमाई, भवानीपुर, खयरडाडा, घोडाहा आदि स्थानहरूमा रहेका बौद्धकालीन राजमहलहरू अहिले खण्डहरको अवस्था नै छन् । जमिनभित्र रहेका यी खण्डहरहरूको उत्खनन भएमा देवदहबाट अझ चाखलाग्दा तथ्यहरू फेला पर्ने थिए । यसबाहेक देवदहको पाकडी गाउँमा अवस्थित पाकरी वृक्षलाई पनि बोधिवृक्षको रूपमा लिइएको छ । यस रुखको फेदमा गणेश भगवानको सुँढ जस्तै आकार देख्न सकिन्छ । तलको ठुलो हाँगामा हात्तीको जस्तै सुँढ देखिन्छ । त्यसैले यहाँ हात्ती नआएको हुन सक्छन् । यसको माथिल्लो भागमा बाजको पञ्जाले कुनै प्राणीलाई छोपेको जराहरूको आकृति छ । यही कारण यहाँ बाज, चिल लगायतका मांसाहारी पक्षीले यस वृक्षमा गुँड लगाउन नखोजेका हुन् । यहाँ विभिन्न ठाउँमा नाग, गोही, अक्टोपसलगायत विभिन्न जनावरका आकृतिहरू देखिन्छन् । यसर्थ यो वृक्ष अलौकिक छ । 

    वि.सं. २०४२÷०४३ मा यो क्षेत्रमा निकै ठुलो हावाहुरीसहितको असिना पानी परेको थियो । त्यसबेला टालीले छाएका र टिन लगाएका घरहरू पनि असिनाले फुटालेको थियो । सबैका बालीनालीहरू नष्ट भएका थिए, रुखहरूका हाँगा भाँचिएको देखिन्थे । असिना लागेर थुप्रै जनावरहरू मरेका पनि थिए । तर त्यसबेला पाकरी वृक्षमा भने कुनै क्षति भएको थिएन । यसर्थ यो वृक्ष चामत्कारिक छ । पहिलेपहिले यो रुखबाट बाजा बजेको जस्तो आवाज सुनिन्थ्यो ।

    वि.सं. २०४२÷०४३ मा यो क्षेत्रमा निकै ठुलो हावाहुरीसहितको असिना पानी परेको थियो । त्यसबेला टालीले छाएका र टिन लगाएका घरहरू पनि असिनाले फुटालेको थियो । सबैका बालीनालीहरू नष्ट भएका थिए, रुखहरूका हाँगा भाँचिएको देखिन्थे । असिना लागेर थुप्रै जनावरहरू मरेका पनि थिए । तर त्यसबेला पाकरी वृक्षमा भने कुनै क्षति भएको थिएन । यसर्थ यो वृक्ष चामत्कारिक छ । पहिलेपहिले यो रुखबाट बाजा बजेको जस्तो आवाज सुनिन्थ्यो ।

    यस्ता प्रसङ्गले देवदहमा पर्यटन बढ्दै जाने देखिन्छ । तर पर्यटकले खोज्ने सेवाको प्रबन्ध, आतिथ्यता, सेवाको स्तर, आवास, भोजन, बैँकिङ सेवा, उद्धार कार्य, सूचना सम्प्रेषण, आइसिटी सेवा, पथप्रर्दशन, मनोरञ्जन क्रियाकलापको उपलब्धता पर्यटकको पहिलो रोजाइ हुन्छ । यसर्थ देवदहको पर्यटन विकासका लागि यी पक्षहरूको उपलब्धता र गुणस्तरीय सेवाका लागि स्थानीय निकाय, सरोकारवाला तथा स्थानीय जनताले काम गर्नु पर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।