Logo

२०८३, श्रावण ३०गते


images
images

काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत

काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत

images
  • काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत
    images
    images

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश फर्किएको टिमलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो । 

    images
    images
    images

    माल्दिभ्समा भएको प्रतियोगिताको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । शुक्रबारसम्म चलेको प्रतियोगितामा नेपालसँगै, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका कुल ६ क्लबले सहभागिता जनाएका थिए । 

    images
    images
    images

    अपराजित रहँदै च्याम्पियन बनेको पुलिसले लिग चरणमा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा हराएको थियो । यस्तै, माल्दिभ्सको वाम्को क्लबलाई ३–२ तथा माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

    images
    images
    images

    गत चैत्रमा सम्पन्न आठौँ एनभीए महिला भलिबल लिग विजेताको हैसियतमा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो । नेपालबाट कुनै पनि भलिबल क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो पहिलोपटक हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।