Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

images
  • नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
    images
    images

    काठमाडौँ । जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

    images
    images
    images

    त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले उपाधि जितेको हो । 

    images
    images
    images

    फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।

    images
    images
    images

    यसअघि लिगमा आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका थिए ।

    योसँगै नेपाल पुलिसले लगातार दोस्रो पटक जय ट्रफीको उपाधि जितेको छ । 

    जय ट्रफीमा नेपाल पुलिस क्लबबाट खेलेका कुशल भुर्तेलले सर्बाधिक ३३६ रन बनाएका छन् भने इशान पाण्डेले ३३१ र रोहित पौडेलले २७९ रन बनाएका छन् ।

    त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले सर्बाधिक २६ विकेट लिएका छन् भने पुलिसकै सागर ढकालले १६ र करण केसीले ११ विकेट लिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल पुलिस क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।