Logo

२०८३, श्रावण ३०गते


images
images

आहा रारा गोल्डकप : पुलिसलाई रोक्दै ब्ल्याक बुल्स बन्यो नयाँ च्याम्पियन

आहा रारा गोल्डकप : पुलिसलाई रोक्दै ब्ल्याक बुल्स बन्यो नयाँ च्याम्पियन

images
  • आहा रारा गोल्डकप : पुलिसलाई रोक्दै ब्ल्याक बुल्स बन्यो नयाँ च्याम्पियन
    images
    images

    पोखरा । पहिलो पटकको सहभागितामै उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि चुमेको छ । नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बुल्सले उपाधि चुमेको हो । 

    images
    images
    images

    खेलको ४०औं मिनेटमा बुल्सका कुभोनचबेक ओलिनोभले पहिलो गोल तथा ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याए । साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । पुलिसको तर्फबाट शिशिर चौधरीले ७४औं मिनेटमा सान्तवना गोल फर्काएपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन । जसका कारण पुलिस उपविजेतामा सीमित बन्न पुग्यो ।

    images
    images
    images

    सहारा क्बल पोखराले आयोजना गरेको २४औं संस्करणको उपाधि जितेर पुलिस सर्वाधिक सात पटकको विजेता बन्न चाहान्थ्यो । तर, पहिलो पटक सहभागि बनेको ब्ल्याक बुल्सले पुलिसलाई उक्त इतिहास रच्नबाट रोक्दै उपाधि रक्षा ग¥यो ।

    images
    images
    images

    उपाधिसँगै बुल्सले १२ लाख १ हजार रुपैंया पुरस्कार हात पा¥यो भने उपविजेता पुलिसले ६ लाख १ हजार रुपैयामा चित्त बुझाउन बाध्य भयो ।
    आहा रारा पोखरा गोल्डकपमा तीन विदेशी सहित जम्मा १२ टोलीको सहभागिता थियो । अहिलेसम्म पोखरा गोल्डकपको उपाधि पुलिस र मनाङले समान ६÷६ पटक, थ्रीस्टारले ५, संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १÷१ पटक उचालेका छन् । नयाँ च्याम्पियनका रुपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लवले इतिहास बनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।