लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन् । लुम्बिनी स्थित एक होटलमा सञ्चालित राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको कार्यक्रममा सहभागी भएका बेला ठेकदारहरूको समुहले आफुहरुमाथी हातपात गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । हातपातबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको भट्टराइले जानकारी गराए ।
अकास्मात आएको २०÷२२ जनाको समुहले कोषाध्यक्ष र सदस्य सचिव माथि आक्रमण गरेकोे प्रत्यक्षदर्शीले समेत जनाएका छन् । केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै निर्माण व्यासायीहरु आन्दोलित हुँदै आएका थिए । “उनीहरुले समयमै भुक्तानी पाउनुपर्ने भनी आन्दोलन गरिरहेका छन्, हामी पनि समयमै भुक्तानी हुनुपर्छ भन्छौं ।
तर अर्थमन्त्रालयले समयमै भुक्तानी नपठाउँदा समस्या भएको हो ।” भट्टराइले भने “व्यवसायीले पठाएका फाईल अध्ययन गर्न बाँकी नै छ, हिजो मात्र भुत्तानी खातामा आएको छ । त्यसको लागि प्रकृयामा त जानुपर्छ होला नि ?”
भट्टराईका अनुसार भुक्तानीमा ढिलाई भएकाले त्यसको प्रक्रिया सुरु गर्न मंगलबार बिहान मात्र उपाध्यक्ष ल्हारक्याल लामा काठमाडौंबाट लुम्बिनी आएको र अपरान्ह उपाध्यक्ष सहतिको बैठक डाकिएको थियो ।
धर्नामा रहेका निर्माण ब्यवसायीलाई सो सम्बन्धि जानकारी गराएर आफु कार्यक्रममा गएको समेत भट्टराईले बताए ।
कोषका पदाधिकारीहरुले सार्वजनिक स्थलमा आफुहरुमाथी भएको आक्रमण सुनियोजित भएको भन्दै सुरक्षाको माग गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology