Logo

२०८३, श्रावण ३०गते


images
images

पदाधिकारीमाथि हातपात गर्नेलाई कारवाही गर्न लुम्बिनी विकास कोषको माग

पदाधिकारीमाथि हातपात गर्नेलाई कारवाही गर्न लुम्बिनी विकास कोषको माग

images
  • पदाधिकारीमाथि हातपात गर्नेलाई कारवाही गर्न लुम्बिनी विकास कोषको माग
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट पदाधिकारीलाई गालीगलौज सहित लछारपछार गर्दै कुटपिट गरेको घटनामा खेदप्रकट गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

    images
    images
    images

    कोषका सदस्य सचिव सानुराजा शाक्यले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनिय र खेदजनक रहेको भन्दै अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकार संग माग गरेका हुन् ।

    images
    images
    images

    ‘राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीयहरु र  कोषको संयुक्त आयोजनामा लुम्बिनी विकास कोषको कार्यान्वयन प्रगति अवस्था, आयोजना सम्पन्न गर्न देखा परेका समस्या, चुनौती र सम्पदा संरक्षण, सम्बर्द्धनको अवस्था लगायत समग्र लुम्बिनी क्षेत्रको विकास विषयक सरोकार पक्षसहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम लुम्बिनीस्थित होटल फाइभ ईलेमेन्टस्मा सम्पन्न गरी वाहिर निस्कने क्रममा होटल परिसरमै निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्तिहरु आई हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको घटनाले यस भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनिय र खेदजनक छ । लुम्बिनी विकास कोष यस्तो अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकार संग माग गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

    images
    images
    images

    लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरुको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीहरुले धर्ना गरिरहेकाकोमा कोपको तर्फवाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटक पटक बैठक बसेको समेत विज्ञप्तीमा भनिएको छ । भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्य सचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरुसंग असोज ७ गते  दिउँसो बैठकवसी उपाध्यक्षज्यूको उपस्थितिमा भुक्तानी प्रकृया अगाडि बढाउने भन्ने अनौपचारिक सहमति समेत भैसकेको अवस्थामा घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘जहाँसम्म भुक्तानी प्रक्रियाको सन्दर्भ हो निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायिहरुलाई भुक्तानी रोक्ने कोषका पदाधिकारी तथा कर्मचारीहरुको कुनै मनसाय नरहेको व्यहोरा अनुरोध गर्दछौ’ सदस्य सचिव शाक्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ । कोषवाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरागरि भुक्तानी कार्य अगाडि बढाउन कोय सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै सोको लागि कोष भित्र कार्यस्थलमा उपस्थित भै काम गर्ने उचित वातावरण तयार भएमा मात्र संभव हुने समेत जनाइएको छ । 

    ‘कोष र निर्माण व्यायसायीवीच सौहाद्रपूर्ण रुपमा वार्ता भैरहेको अवस्थामा भएको यस खालको गुण्डागर्दीको भत्र्सना गर्दछौं।  यस भगवान बुद्धको पवित्र जन्मस्थललाई सदा झै हरेक क्षेत्रवाट शान्तिमय वनाउन आमनागरिक, राजनीतिकदल, सामाजिक संघ संस्था तथा व्यवसायी सबैमा विनम्र अनुरोध गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।o

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।