Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने

बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने

images
  • बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने
    images
    images

    काठमाडौं । सरकारले शुक्रबार र शनिबारको विपद्‍मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने निर्णय गरेको छ ।

    images
    images
    images

    गृहमन्त्रालयमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीनदिनभित्रै अस्थायी आवास निर्माण अनुदान मापदण्ड बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकले बिपद् प्रभावित क्षेत्र खोज, उद्दारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितका लागि राहत वितरण प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

    images
    images
    images

    यसैगरी राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध सडकखण्डहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय भएको उनले बताए ।

    बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशीघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने निर्णय भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

    त्यस्तै विपद् पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविरहरू लगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

    बैठकले क्षतिग्रस्त सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचनाहरूको यथाशीघ्र पुननिर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय पनि गरेको छ ।

    त्यस्तै विपद्बाट भएको क्षति नोक्सानीको मूल्याङ्कन गर्न विपद् प्राधिकरणका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरि १५ दिनभित्र क्षतिको विवरण संकलन गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • # अनुदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।