गुल्मी -रातिदेखिकाे मनसुनी वर्षाका कारण गुल्मीका विभिन्न ठाउँहरुमा पहिरो जाने र सडक खण्ड अबरुद्ध हुने र घरहरू भत्किएका छन् ।(कहाँ के भयो )
धुर्कोट गाउपालिका को वडा नम्बर५ बस्तु स्थित कृष्ण कुवरको घर -गोठ ( तल बस्तु बान्ने माथी मान्छे बस्ने घर)। रातिको पानीले राती करिब १ बजेतिर भत्कदा गोठमा रहेका २ वटा भैंसी( ठूलो भैंसी र पाडो) र २ वटा बाख्रा पुरिएका छन। भने मानबिय क्षती भएको छैन । घर परिबार अहिले आफन्तको घरमा आश्रय लिएका छन् ।स्थानिय सुरक्षाकर्मी सहितको टोलिले अहिले बिहान उद्धार कार्य भै रहेको।
त्यस्तै गुल्मी जिल्ला मुसिकाेट न पा ८ ठुलाेखर्क बस्ने नर ब पाैडेलकाे गाेठ अबिरल बर्षाकाे कारण भत्किदा गाेठमा रहेकाे १ भैंसी र १ पाडाे काे मृत्यु भयकाे छ। त्यस्तै जिल्लाकाे गुल्मीदरबार गा.पा.-३ फुर्से बस्ने कमल बहादुर कुवरको २ तले टिनले छाएकाे बंगालो अबिरल बर्षाको कारण राति भत्किदा ४ वटा बाख्राको घटना स्थलमानै मृत्यु भएको छ निजकाे ३ जनाकाे परिवार स्थानिय चुरा बहादुर कुवरकाे घरमा बसेका छन् ।
त्यस्तै राति ४ बजेकाे समयमा गुल्मीको रिडी रुद्रावेनी सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेकाले अबरुद्र बनेको पानी निरन्तर रुपमा परिरहेको ले पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएकाे स्थानीय प्रशासनले बताएको छ ।त्यस्तै मुसिकाेट नपा १ पाैदिअमराईमा अबिरल बर्षाकाे कारण हिरा बहादुर रानाकाे घर भत्किन जादा घर पुर्ण रूपमा क्षति भएकाे । मानविय क्षति नभएकाे घरायसि सामानहरू सबै पुरिएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology