Logo

२०८३, श्रावण ३१गते


images
images

क्याम्पस बाहिरका शिक्षकले पढाईकोमा रेसुङ्गा क्याम्पसमा विद्यार्थीको ध्यानाकर्षण 

क्याम्पस बाहिरका शिक्षकले पढाईकोमा रेसुङ्गा क्याम्पसमा विद्यार्थीको ध्यानाकर्षण 

images
  • सेतोमसी सहकर्मी
  • क्याम्पस बाहिरका शिक्षकले पढाईकोमा रेसुङ्गा क्याम्पसमा विद्यार्थीको ध्यानाकर्षण 
    images
    images

    सूर्य सुनार, गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसका विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । 
    मंगलबार विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

    images
    images
    images


    स्नातक प्रथम र दोस्रो बर्षमा अध्ययन गर्ने विद्यार्थीहरूले अनलाइन कक्षा विगत देखी अध्यापन गराइरहनुभएका शिक्षकद्धारा नभएर अन्यत्र जिल्लाका शिक्षकहरुबाट कक्षा संचालन गराएको विषयमा विद्यार्थीलाई पढन् असहज भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हुन् ।

    images
    images
    images


    आगमी दिनमा विज्ञान विषय अध्यापन नगराउने, भर्ना यस क्याम्पसमा गराई अन्य क्षेत्रका शिक्षकद्धारा अनलाइन कक्षा पढाउने, तर शुल्क भने यसै क्याम्पसमा बुझाउने चर्चाले सम्पूर्ण विद्यार्थीको शौक्षिक भविष्य माथि खेलवाड गरेको, क्याम्पस भन्दा बाहिरका शिक्षकलाई अनलाइन कक्षाको जिम्मा दिई क्याम्पसले आर्थिक लेनदेन गरेको, तथा क्याम्पसका शिक्षकलाई बहिर्गमन गरेको, कुरा ध्यानाअकर्षण पत्रमा उल्लेख गरिएको छ । 

    images
    images
    images


    क्याम्पसले अनेक प्रकारका विज्ञापन प्रकाशन प्रशारण गर्दै विद्यार्थि आकर्षण गर्ने तर सुचना अनुसार अध्ययन अध्यापन नगराउनुले क्याम्पसले विद्यार्थी प्रति आर्थिक भार थप गरी विद्यार्थीको भविष्य अन्धाकारमा धकेल्ने क्याम्पसको निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । आम विद्यार्थीको चाहानालाई मध्यनजर गर्दै क्याम्पसकै शिक्षकहरुद्धारा नियमित तरिकाले अध्यापन गराउन विद्यार्थीले माग गरेका छन् । 

     

    रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर केसीले शिक्षकले पढाएको पारिश्रमीक विधि र नियम अनुसार पाउने हुदाँ कसैले भन्दैमा नियम भन्दा बाहिर जान नसक्ने बताए । तर विद्यार्थीको पढाइलाई ख्याल गर्न विभिन्न माध्यमबाट अध्यापन गराइएको बताए । उनले केही समयमै आफनै जिल्लाको शिक्षकबाट अध्ययन हुने विश्वास व्यक्त गरे ।


    ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका माग वेवास्ता गरेमा विद्यार्थीले जस्तोसुकै आन्दोलन गर्न सक्ने र त्यसको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रेसुङ्गा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।