Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौंमा माओवादीको खबरदारी जुलुस

काठमाडौंमा माओवादीको खबरदारी जुलुस

images
  • काठमाडौंमा माओवादीको खबरदारी जुलुस
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो।

    images
    images
    images

    सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

    images
    images
    images

    काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।
    आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खोजेको माओवादीको दाबी छ।

    images
    images
    images

    ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै विपक्षी दलको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएलगत्तै माओवादी आक्रामक रूपमा सडकमा उत्रिएको हो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।