बुटवल । बुटवल १७ मोतिपुरमा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ताहरू नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस लगायतका पार्टी परित्याग दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
पार्टीमा नवप्रवेशीहरूलाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले स्वागत गरेका थिए । सो अवसरमा उनले माओवादी केन्द्र मात्र जनताको मनमा बस्न सफल भएकोले प्रवेशको लहर आएको बताए । उनले स्थानीय तहको निर्वाचनदेखी नै प्रवेश गर्नेको लहर चलेको बताए । यसप्रकारको प्रवेशले देशैभरि ध्रुवीकरण आउने उनको भनाइ छ ।
त्यसैगरि पार्टीका जिल्ला संयोजक नारायण जिसि 'निर्मल'ले नवप्रवेशीलाई स्वागत गर्दै उचित जिम्मेवारी दिईने प्रतिबद्धता जनाए । सो क्रममा पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृष्ण नेपाली, मित्रलाल भुसाल, भिम लाल तिवारी, कृष्ण नेपाली, कांग्रेसकी आशा नेपाली लगायतले माओवादीको विचार मन परेर पार्टी प्रवेश गरेको बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology