Logo

२०८३, श्रावण ३०गते


images
images

नेकपा माओवादीले आज प्रदेश अधिवेशन गर्दै, यसरी छानिदैछन् नेतृत्व

नेकपा माओवादीले आज प्रदेश अधिवेशन गर्दै, यसरी छानिदैछन् नेतृत्व

images
  • नेकपा माओवादीले आज प्रदेश अधिवेशन गर्दै, यसरी छानिदैछन् नेतृत्व
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार दशवटै प्रदेशमा एकैसाथ हुँदैछ । माओवादी केन्द्रका अनुसार सात भौगोलिक र तीन गैर-भौगोलिक गरी १० प्रदेशमा सम्मेलनकाे तयारी रहेकाे छ। अधिवेशनको शनिबार दिउसाे १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन।

    images
    images
    images

    माओवादीले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । सात प्रदेशको राजधानीहरुमा र विशेष र सम्पर्क समितिले आफ्नाे अनुकूलमा गर्ने बताएका छन । सम्मेलनबाट नौ पदाधिकारी सहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

    images
    images
    images

    जस अनुसार प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति कम्तीमा १७५ सदस्य चयन हुनेछन।

    images
    images
    images

    लुम्बिनी प्रदेश अध्यक्षका दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ । यी मध्येबाट अध्यक्ष र सचिव हुन सक्ने स्रोतले जनाएको छ । प्रदेश १ मा अध्यक्षका लागि अहिलेसम्म तिनजनाले दावी गरेका छन। आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका इन्द्रबहादुर आङ्बो, माओवादी केन्द्रका वर्तमान अध्यक्ष सुरेशकुमार राई हिमाल र प्रदेश सचिव हेमराज भण्डारीले अध्यक्षमा दाबी गरेका छन

    कर्णाली प्रदेशमा भने अध्यक्षका लागि लामाे रस्साकस्सी हुने देखिएकाे छ। अहिले सम्म १४ जना आंकाङक्षी रहेका छन। टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान बिस्ट, महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, राजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, राजकुमार शर्मा र वसन्त शर्मा, नरबहादुर बिस्ट रहेका छन।

    सर्वसम्मतमा प्रदेशले मिलाउन नसके प्रचण्डकाे जिम्मा दिने अध्यक्षबाट टुंगोमा लिने माओवादी केन्द्र कर्णालीले बताएको छ। अन्य प्रदेशमा भने अहिलेसम्म प्रदेश पदाधिकारीमा दावी सार्वजनिक कसैकाे भएकाे छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।