Logo

२०८३, श्रावण ३०गते


images
images

खुमलटारको कौसीमा ओली-प्रचण्ड भेट

खुमलटारको कौसीमा ओली-प्रचण्ड भेट

images
  • खुमलटारको कौसीमा ओली-प्रचण्ड भेट
    images
    images

    काठमाडौं । तीन दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे ।
    बालकोटमा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भयो । प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्ड प्रधानमन्त्री बनेको दुई दिनपछि एमाले अध्यक्ष ओली आज प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

    images
    images
    images


    विगतका गल्ती कमजोरीलाई स्वीकार गर्दै बालकोटको बार्दलीबाट हात हल्लाएर नयाँ गठबन्धनको सुरुवात गरेका ओली र प्रधानमन्त्री प्रचण्डबीच खुमलटारको कौसीमा दुई नेताबीच घाम ताप्दै छलफल भएको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।

    images
    images
    images

    प्रचण्डले आजै बिहान मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । दुवैपार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भएको छलफल लगत्तै ओली खुमलटार पुगेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।