Logo

२०८३, श्रावण ३०गते


images
images

बहुमत पाए प्रदेशको नाम पहिचानका आधारमा राख्छौं : प्रचण्ड

बहुमत पाए प्रदेशको नाम पहिचानका आधारमा राख्छौं : प्रचण्ड

images
  • बहुमत पाए प्रदेशको नाम पहिचानका आधारमा राख्छौं : प्रचण्ड
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने बताएका छन् ।

    images
    images
    images

    विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दोस्रो संविधानसभामा आफूहरुको शक्ति कमजोर भएका कारण पहिचानका आधारमा प्रदेश बनाउन नसकेको बताए ।

    images
    images
    images

    ‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ’ उनले भने ।

    images
    images
    images

    आफू पहिचान र अधिकारको आन्दोलनकै नेता भएको भन्दै प्रचण्डले आफूहरुले विगतमा शेर्पा प्रदेश, किरात प्रदेशको कुरा गरेको पनि बताए । ‘शेर्पा प्रदेशको कुरा किरातको पनि मैले गरेकै थिएँ । तर त्यसलाई कार्यान्वयन गर्न जति तागत सदनमा हामीलाई चाहिने हो, पहिचानका पक्षधरलाई चाहिने हो, त्यो शक्ति हामीलाई प्राप्त भएन त्यसले गर्दा लागू गर्न सकिएन ।’

    आफूले दोस्रो पटक प्रधानमन्त्री भएका बेला मधेशी र आदिवासी जनजातिको अधिकार लिपिवद्ध गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको तर त्यतिबेलाको ठूलो दलका कारण पारित हुन नसकेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।