Logo

२०८३, श्रावण ३०गते


images
images

लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

images
  • लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
    images
    images

    बेरुत । लेबनानको टायर शहरको मध्य क्षेत्रमा सोमबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भग्नावशेष हटाउने तथा पीडितको खोजी गर्ने काम जारी छ ।

    images
    images
    images

    उद्धारकर्ताले ‘स्ट्रेचर’ मा हाली घाइतेहरूलाई एम्बुलेन्समा लग्दै गरेको तथा घटनास्थलमा धुवाँको मुस्लोको बिच आगो निभाउन काम गरिरहेको एएफपीले देखाएको छ ।

    images
    images
    images

    युनेस्कोको विश्व सम्पदा स्थल भएको प्राचीन तटीय सहर, टायर गत हप्ता भएको इजरायली आक्रमणको सिकार भएको थियो। आक्रमणबाट टायरका मध्य भागहरू भग्नावशेषमा परिणत भएका छन् ।

    images
    images
    images

    गाजा युद्धलाई लिएर इरानसमर्थित समूहसँग सीमापार गोलीबारीको एक वर्षपछि इजरायलले गत महिना हिजबुल्लाहको गढमा हवाई आक्रमण बढाएको थियो भने लेबनानमा स्थलगत रूपमा सेना पठाएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।