काठमाडौं। साफ महिला च्याम्पियनसिपको सातौं संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, टोलीका प्रत्येक खेलाडीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, नेपाली टोलीका मुख्य प्रतिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने जानकारी राखेपका सदस्यसचिव टंकलाल घिसिङले दिए। टोलीका व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले पनि जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई २-१ गोलले हराएको थियो। नेपाली टोली साफ महिला च्याम्पियनसिपको इतिहासमा छैटौं पटक उपविजेतामा समेटिएको हो ।
अघिल्लो संस्करणको फाइनलमा पनि नेपाली टोली बंगलादेशसँगै पराजित भएको थियो । यसपटक उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology