रामचन्द्र तिम्सिना, नुवाकोट । जनता समाजवादी पार्टी नेपाल (जसपा) नुवाकोटमा संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) भदौ २२ गते विदुरमा उद्घाटन हुने भएको छ। महासचिव गंगानारायण श्रेष्ठ र केन्द्रिय सदस्यद्वय सोनाम स्याङ्तान र बन्धना सुवेदीको उपस्थितिमा हुने उक्त कार्यक्रम हुने भएको हो।
गत भदौ २ गते काठमाडौमा बसेको जसपा केन्द्रिय समिती बैठकले "संघीयता ,सुशासन, समृद्धि र समाजवाद ! समुन्नत संघीय समाजवाद जिन्दावाद" को मुल नारा सहित जुत्ता फटाउने (सुज अभियान) देशब्यापी रूपमा संचालन गर्ने निर्णय गरेको थियो।
सेतोमसी अन्लाईनसंगको कुराकानीका क्रममा केन्द्रिय परिषद सदस्य राजन बमले नुवाकोटमा डा. भिमलाल तामाङको संयोजकत्वमा (सुज अभियान) संचालन हुने जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology