Logo

२०८३, आश्विन १०गते


images
images

ओलीले फेरी संसद् विघटन गर्न सक्छन् : प्रचण्ड

ओलीले फेरी संसद् विघटन गर्न सक्छन् : प्रचण्ड

images
  • ओलीले फेरी संसद् विघटन गर्न सक्छन् : प्रचण्ड
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद् विघटन गर्न सक्ने बताएका छन् ।

    images
    images
    images

    उनले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले फेरी संसद् विघटन गन सक्ने बताएका हुन् ।

    images
    images
    images

    उनले संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए ।

    images
    images
    images

    ‘हामीले विगतमा पटक पटक संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध हामी लोकतन्त्रवादी, वामपन्थी मिलेर सङ्घर्ष गरेर त्यसलाई असफल पारेको हो,’उनले भने‘अहिले पनि त्यो कोसिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न हामी सबै यो परिवर्तनका हिस्सेदारहरू, यो संविधानका पक्षधरहरू जो साँचो अर्थमा हृदयदेखि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध थियौँ, छौँ ।’

    उनले विगतको जस्तै संविधान मिच्ने, संसद्लाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्ने कुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

    ‘हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । फेरि कतै विगतको जस्तै संविधान मिच्ने, संसद्लाई विघटन गर्ने कसरत कतै नहोस्,’उनले भने ‘देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्ने कुरामा सतर्क हुनुपर्ने आवश्यकता छ ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।