Logo

२०८३, श्रावण ३१गते


images
images

एनपिएल : राजेश हमाल लुम्बिनीमा, लुम्बिनी लायन्सले गर्यो जर्सि सार्वजनिक

एनपिएल : राजेश हमाल लुम्बिनीमा, लुम्बिनी लायन्सले गर्यो जर्सि सार्वजनिक

images
  • एनपिएल : राजेश हमाल लुम्बिनीमा, लुम्बिनी लायन्सले गर्यो जर्सि सार्वजनिक
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास काेषले महानायक राजेश हमाल, प्रसिद्व गायिका आनी छोइङ डोल्मा तथालुम्बिनी लायन्सकाे टाेलीलाई स्वागत गरेकाे छ । 

    images
    images
    images

    शनिबार  लुम्बिनी लायन्सका अफिसियल जर्सी सार्वजनिकका लागि बुद्वजन्मस्थल आएकाे टाेलीलाई काेषका काेषाध्यक्ष सिद्विचरण भट्टराईले स्वागत गरेका हुन ।

    images
    images
    images

    लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर महानायक हमाल, गायिका डोल्मा, क्लबका मालिक ईश्वर जिसी,लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल सहित खेलाडीहरूलाई खादा लगाएर स्वागत गरिएकाे हाे । 

    images
    images
    images

    टाेलीलाई काेषाध्यक्षसंगै काेषका बाेर्ड सदस्यहरू रामनरेश कहार, श्याम राेक्का, विश्वराज पाैडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगमयतले स्वागत गरेका हुन । 

    टाेलीलाई शान्तिदीपमा स्वागत पश्चात् मायादेवि मन्दिर, पुष्करणी पाेखरी र अशाेक स्तम्भकाे भ्रमण गराईएकाे  थियाे । 

    सुचना जनसम्पर्क प्रमुख डा. राईले बुद्वजन्मस्थल लुम्बिनीकाे पुरातात्त्विक, धार्मिक र ऐतिहासिक पक्षबारे जानकारी गराएका थिए । 

    यसैविच लुम्बिनी लायन्सकाे जर्सि सार्वजनिक गरिएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेश हमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।