Logo

२०८३, श्रावण ३१गते


images
images

उद्देश्यमा प्रष्ट भए देशविदेश जहाँ पढेपनि हुन्छ : राजेश हमाल

उद्देश्यमा प्रष्ट भए देशविदेश जहाँ पढेपनि हुन्छ : राजेश हमाल

images
  • उद्देश्यमा प्रष्ट भए देशविदेश जहाँ पढेपनि हुन्छ : राजेश हमाल
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले उद्देश्यमा प्रष्ट भए अध्ययनका लागि जुनदेश गएपनि फरक नपर्ने बताएका छन् । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुल सञ्चालनमा आएको गोरेटो एजुकेसन कन्सल्टेन्सीको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    विदेश पढ्न जाने वित्तिकै उतै पलायन हुन्छ भन्ने मानसिकता राख्न नहुने उनले बताए । युरोप र अमेरिकाबाट नेपाल पढ्न आउनेहरुपनि रहेको उनले स्मरण गराए । आफ्नो उद्देश्य नेपालमै पढ्दा पूरा हुनेभए नेपालमै र विदेशमा पढ्दा पूरा हुनेभए विदेशमा पढ्ने विषयलाई अन्यथा लिन नहुने उनको धारणा छ । उमेर हुँदा अध्ययनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । ‘कस्तो किसिमको सिप हाँसिल गर्ने ? आफ्नो करियर केमा बनाउने ? र त्यसका लागि उपयुक्त एक्सपोजर कहाँ मिल्छ ?’ जस्ता कूरा अध्ययनका लागि मनन् गर्नुपर्ने उनको सुझाव छ ।

    images
    images
    images

    पछिल्लो समयमा विदेश पढ्न जानेहरु धेरै बढेको पनि उनले बताए । उनले आफूपनि विदेशमा पढेको स्मरण गरे । नेपालमा पनि अध्ययनको प्रशस्त अबसर रहेको उनले औल्याए । ‘यहाँ उचित शिक्षा छैन । यहाँ अबसर नै छैन भन्ने होइन । यहाँपनि अबसर छन् । विदेशमा पनि अबसर छन् ।’ उनले भने, ‘पहिला तपाइँहरुले कहाँ र कुन उद्देश्यले पढ्ने भन्ने प्रष्ट हुनुपर्दछ ।’

    images
    images
    images

    कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका पोखरा ब्राञ्च सञ्चालक तथा म्यानेजर राजेन्द्र शर्माले विदेश जाने विद्यार्थी खास गरेर क्यानडा, युकेलगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीको पहिलो रोजाई गोरेटो बनाउन आग्रह गरे । विदेश अध्ययनमा जाने विद्यार्थीका लागि चाहिने सम्पूर्ण कुराहरुको सहजीकरण कन्सल्टेन्सीले गर्ने भन्दै यसबारे थप बुझ्नका लागि एक पटक कन्सल्टेन्सीको पोखरा ब्राञ्चमा भिजिट गर्न उनको आग्रह छ ।

    गोरेटो एजुकेसन कन्सल्टेन्सी विद्यार्थी र विदेशी युनिभर्सिटीबीचको पुल भएकाले यसको सदूपयोग गर्न सके विद्यार्थी र तिनका अभिभावकहरु लाभान्वित हुने गोरेटो कन्सल्टेन्सीका ब्राञ्च निर्देशक धिरज कँडेलले जानकारी दिए ।
                                                                                                                       उद्घाटनको अवसरमा उद्घाटन कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई करीब दुई घण्टा निःशुलक काउन्सिलिङ गरिएको थियो । जहाँ विद्यार्थीको रुची, उनीहरुको पारिवारिक आर्थिक स्थिति, वैदेशिक अध्ययनमा आईपर्ने समस्या र सम्भावनालगायतबारे विषय विशेषज्ञबाट काउन्सिलिङ गरिएको सञ्चालक तथा म्यानेजर राजेन्द्र शर्माले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेश हमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।