Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

राजेश हमालको प्रश्न- देशको शासन अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?

राजेश हमालको प्रश्न- देशको शासन अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?

images
  • राजेश हमालको प्रश्न- देशको शासन अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
    images
    images

    काठमाडौँ । महानायक राजेश हमालले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कुनै पनि राष्ट्रको भविष्य संयोगका आधारमा नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिबाट निर्माण हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    हमालले भविष्यप्रतिको स्पष्ट दृष्टिकोण र आगामी पाँच, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमानबिना शासन सञ्चालन गरिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनका अनुसार शासन केवल दैनिक व्यवस्थापनका समस्यामै सीमित रहिरहने हो भने तीव्र रूपमा परिवर्तन भइरहेको वर्तमान विश्वमा देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने जोखिम रहन्छ ।

    उनले राष्ट्रको दीर्घकालीन विकासका लागि स्पष्ट योजना, दूरदृष्टि र तथ्यमा आधारित नीतिगत निर्णय आवश्यक रहेकोमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेश हमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।