Logo

२०८३, श्रावण ३०गते


images
images

कृषिको आधुनिकीकरण आजको आवश्यकता हो: लिङ्देन

कृषिको आधुनिकीकरण आजको आवश्यकता हो: लिङ्देन

images
  • कृषिको आधुनिकीकरण आजको आवश्यकता हो: लिङ्देन
    images
    images

    घोडाघोडी (कैलाली) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देश बनाउने अभियानमा सबै लाग्नुपर्ने भन्दै नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्नु आजको आवश्यकता रहेको बताए ।

    images
    images
    images

    विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको बताउँदै अध्यक्ष लिङ्देनले भने, “हामीसँग थुप्रै प्राकृतिक स्रोत साधनहरू छन् जसको सदुपयोग हुन सकेको छैन ।”

    images
    images
    images

    हाइड्रोजनमा परिवर्तन गरी बिजुली बिक्री गरेर आम्दानी गर्न सकिने उनको भनाइ थियो । विकसित हुँदै गरेको सूचना प्रविधिको अधिकतम प्रयोग गरी कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रमा फड्को मार्न सकिने उनले धारणा राखे ।

    पर्यटकीय गन्तव्यको प्रवर्द्धन गदै पर्यटनका माध्यमबाट मुलुकको विकास गर्न सकिने अध्यक्ष लिङ्देनले बताए ।

    “नेपाल बौद्ध र हिन्दू धर्मको उद्गमथलो भएकाले धार्मिक पर्यटनका माध्यमबाट यहाँको विकास गर्न, नागरिकको जीवनस्तार उकास्न सकिन्छ । यसका लागि नीति र योजना आवश्यक पर्छन्”, उनले भने ।

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कृषिप्रधान देशमा बिचौलियाको जङ्गलमा किसान फसेका भन्दै सबैको सहकार्य र समन्वयबाट वास्तविक किसानलाई बिचौलियाहरूबाट बचाउनुपर्ने धारणा राखे ।

    “बिचौलियाले किसानबाट कृषिउपज सस्तोमा किन्छन् महँगोमा बेच्छन्”, उनले भने, “कृषकहरूभन्दा धेरै फाइदा बिचौलियाले लिइरहेका हुन्छन् । यस्तो अवस्थाको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक पर्दछ ।”

    स्थानीय कृषकको उत्पादनलाई बजारीकरण गर्न आफ्नो पार्टी लागिपरेको प्रवक्ता शाहीले उनको भनाइ थियो । उनले कृषिबाट देश कसरी समृद्धि बन्छ भन्ने कुरा इजरायलबाट सिक्नुपर्ने बताए । आमसभामा पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित अन्य वक्ताले पनि सम्बोधन गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।