कठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा फुटको बिजारोपण भएको छ । बुधबार बिहान काठमाडौँको चाबहिलमा आयोजित राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा लफडा भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेर फुटको बिजारोपण गरेको हो ।
जिल्ला अधिवेशन शुरु हुनु अघि नै नाराबाजी र होहल्ला भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अधिवेशन स्थगित भएको भन्दै बाहिरिएका थिए समिति विभाजित भएको छ । राप्रपा जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।
अध्यक्ष लिङदेनले अधिवेशन स्थगित भएको भन्दै कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ । लामा राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहका हुन् । नयाँ कार्य समिति २८ सदस्यीय बनाइएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology