Logo

२०८३, श्रावण ३०गते


images
images

प्रताप र अस्मिताको स्वरमा नरेशको ‘तिमीलाई पाउँदा’ सार्वजनिक (भिडियो सहित)

प्रताप र अस्मिताको स्वरमा नरेशको ‘तिमीलाई पाउँदा’ सार्वजनिक (भिडियो सहित)

images
  • प्रताप र अस्मिताको स्वरमा नरेशको ‘तिमीलाई पाउँदा’ सार्वजनिक (भिडियो सहित)
    images
    images

    काठमाडौं । जीवनमा कसैको मायालु साथ पाउँदा मनमा छाउने खुसी अनि मन भरि उर्लने लहरहरु, आँखाले सजाउने सपनाहरु विशेष लाग्छन् । दुई मनको आत्मिक मिलनले दुई मनलाई एक बनाइदिन्छ । मनमा सुमधुर एवं प्रेमिल भाव उब्जाउँछ त्यति बेला आफ्नो भाग्य अनि कर्म दुवै प्रति आभार प्रकट गर्न मन लाग्छ । यो मिलन, यो खुसीयाली बसन्त बनिदियोस्, जीवन्त बनिदियोस् भन्ने कामना दुवै प्रेमिल मनले संगालिरहन्छन् । गीतकार नरेश प्रधानको शब्द रचनामा यस्तै भावको मीठो प्रेमिल गीत ‘तिमीलाई पाउँदा’ सार्वजनिक भएको छ ।

    images
    images
    images

    गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको गीतमा संगीतकार एलिस कार्कीको संगीत सिर्जना रहेको छ भने शैलेन्द्र प्रधान बाबुले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । 

    images
    images
    images

    स्टुडियो साउण्डमिलको प्रस्तुतिमा निर्माण भएको उक्त म्यूजिक भिडियोमा नायक कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक एवं जीवन्त अभिनय रहेको छ।

    images
    images
    images

    निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ । राजेन्द्र मोक्तानले भिडियोको कलरिङ गरेका छन् भने समरा जोशीले कलाकार द्वय कुन्साङ र श्रद्धाको मेकअप गरेकी छिन् । गीत दर्शक, श्रोता समक्ष ल्याउन परियोजनाको निर्देशकको भूमिका चचित गायिका बुनु श्रेष्ठको रहेको छ ।

    स्टुडियो साउण्डमिलको युट्यूब च्यानलमार्फत शनिबार उक्त गीत सार्वजनिक गरिएको हो ।

    विगतका दिनमा अन्य सामाजिक विषयवस्तुमा आधारित गीतहरुले झैं यस गीतले पनि दर्शक, श्रोताको माया पाउनेमा गीतकार नरेश प्रधान आशावादी रहेका छन् ।

    यसअघि गीतकार प्रधानको रचनामा मेरो भाग्य, साथ हुँदैमा, आमा, तिमी मेरी हुन सकिनौ, आऊ साथी, स्वीकार लगायतका दर्जन बढी गीतहरुलाई दर्शकस्रोता माझ आइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गीत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।