Logo

२०८३, श्रावण ३०गते


images
images

संचारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ चर्चामा

संचारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ चर्चामा

images
  • सेतोमसी सहकर्मी
  • संचारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ चर्चामा
    images
    images

    दिपेन्द्र खत्री,२६ वैशाख गुल्मी । गुल्मीका रेडोयाे टिभी तथा युटुबहरुमा मिठाे कार्यक्रम सन्चालन गर्ने हुकुम थापा यतिबेला चर्चामा छन् । बिगत चार वर्षदेखि सञ्चारकर्मीकाे रुपमा काम गर्दै आएका थापाकाे पहिलाे प्रयासले नै उनी चर्चामा आएका हुन ।

    images
    images
    images

    नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेकाे अबस्था छ । पछिल्लो समय बजारमा लाेक-दाेहाेरी गितका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन् ।

    images
    images
    images

    त्यसमध्ये कुनै गीत चर्चाको हिसाबले राम्रै चलेका हुन्छन । भने कुनै गीत ठिकै छन् । त्यसैमध्यको एउटा सबैको मन जित्ने (ज्यानजाला) नामक बोलको गित सार्वजनिक भएको छ । यस गीतमा मायाँ प्रेममा आधारित सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।

    images
    images
    images

    नेत्र अर्यालको लय शब्द मा रहेकाे गितमा चर्चित तथा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा,सञ्चारकर्मी हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा रहेको गीतको महेन्द्र भण्डारीले सङ्गीत संयोजन गर्नुभएको छ ।

    प्रेमी–प्रेमिकाको एक अर्काप्रतिको समर्पण भाव प्रस्तुत गरिएको गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले, छायाङ्कन सुरेश श्रेष्ठले र सम्पादन प्रकाश धमलाले गर्नुभएको छ। उक्त गितमा लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुँवरको सशक्त अभिनय रहेकाे देख्न पाइन्छ ।

    जुन भिडियो (नयाँ पाइला डट कम) आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएकाे छ । पूरा भिडियो हेर्नुहाेस ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।