Logo

२०८३, श्रावण ३०गते


images
images

विशेष रचनावाचनको तयारी पुरा, गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदह आउँदै

विशेष रचनावाचनको तयारी पुरा, गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदह आउँदै

images
  • विशेष रचनावाचनको तयारी पुरा, गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदह आउँदै
    images
    images

    देवदह । युगीन साहित्य समाज, नेपालले मङ्सिर १५ गते देवदहमा आयोजना गरेको विशेष रचनावाचन कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष सुशील सापकोटाले गजलकार प्रदिप रोदनसहितका श्रष्टाहरुले रचनावाचन गर्ने कार्यक्रमको तयारी पुरा भएको जनाएका हुन् । 

    images
    images
    images

    "देवदहमा भाषा, कला तथा साहित्यको विकासका लागि कार्यक्रम आयोजना गरिएको हो ।" पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, "बिहान ११ बजेदेखि देवदह आदर्श बहुमुखी क्याम्पसमा हुने कार्यक्रममा दुई चरणमा कविता, गजल र मुक्तक गरि २८ वटा रचनावाचन हुनेछन् ।"

    images
    images
    images

    कार्यक्रममा गजलकार रोदनसहित मुक्तककार डिआर न्यौपाने 'सुर्य', कवयित्री सन्ध्या भण्डारी, कवि छवि ज्ञवाली र कवि नारायण प्रसाद भण्डारीले रचनावाचन गर्ने आयोजकले जनाएको छ । 

    images
    images
    images

    युगीन साहित्य समाजको आठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा आयोजित सो कार्यक्रममा साहित्यकार तुल्सी घिमिरे 'पुष्प' लाई युगीन साहित्य साधना सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।

    साथै एक लाख ५० हजार राशीको अक्षयकोष स्थापना गरी युगीन साहित्य साधना पुरस्कार घोषणा गरिने र आगामी वर्षदेखि सोही कोषबाट शृष्टालाई सम्मान गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।

     कार्यक्रममा युगीन साहित्य समाजका आजीवन सदस्यलाई प्रमाणपत्र वितरणसमेत गरिने संस्थाले जनाएको छ ।

    वि. सं. २०६७ सालदेखि क्रियाशील युगीन साहित्य समाजको तेस्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्ने र सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहेको जनाएको छ ।  

    पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष गणेश न्यौपाने, सचिव विष्णु विवस पोखरेल लगायतको उपस्थिति रहेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युगीन साहित्य समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।