देवदह । देवदहमा मुख्य कार्यालय रहेको युगीन साहित्य समाज नेपालले संयुक्त साहित्यिक संगालो 'युगीन २' को विमोचन गरिएको छ । शनिबार एक कार्यक्रम विच वरिष्ठ साहित्यकार बनमाली निराकरले उक्त संगालोको विमोचन गरेका हुन् ।
वि. सं. २०६८ सालमा स्थापना भएर निरन्तर साहित्यिक गतिविधि गर्दै आएको युगीनले वार्षिक रुपमा प्रकाशन गर्ने युगीन २ मा देवदह र आसपासका लेखक एवं साहित्यकारहरूका साहित्यिक रचनाहरू समावेश गरिएको छ ।
पुस्तक विमोचन गर्दै वरिष्ठ साहित्यकार निराकरले यश क्षेत्रको भाषा, कला र साहित्यमा युगीनले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
सो क्रममा संस्थाका पुर्व अध्यक्षहरू विनोद उदय, यज्ञ न्यौपाने, संस्थाका सल्लाहकार डा. श्याम न्यौपाने लगायतले आफ्नो भनाइ राखेका थिए ।
साहित्यिक रचना वाचन समेत राखिएको उक्त कार्यक्रम विभिन्न साहित्यिक स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
समाजका अध्यक्ष सुशील सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गणेश न्यौपानेको स्वागत तथा सचीव विष्णु विवस पोखरेलको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology