Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर

शल्यक्रिया क्षमता दर ३३ प्रतिशतले वृद्धि
images
  • लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । 

    images
    images
    images

    Pradeshik hospital .jpg

    images
    images
    images

    सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य विरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता सङ्ख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए । विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको सङ्ख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने छ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार बिस्तारको कामलाई प्राथमिकता दिइएको मेसु ढकालले बताए । 

    images
    images
    images

    अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा  ९ हजार ७६५ वटा शल्यक्रिया मध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । 

    अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ । यसैगरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफनर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । संरचना, उपकरण तथा जनशक्ति भन्दा सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित श्रोत साधनबाट भएपनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको उनले उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।