Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी विकास कोषका पदाधिकारीसंग श्रीलंकाका पत्रकारको अन्तरक्रिया

लुम्बिनी विकास कोषका पदाधिकारीसंग श्रीलंकाका पत्रकारको अन्तरक्रिया

images
  • लुम्बिनी विकास कोषका पदाधिकारीसंग श्रीलंकाका पत्रकारको अन्तरक्रिया
    images
    images

    देवदह ।  लुम्बिनी विकास काेषका पदाधिकारीसंग पर्यटन प्रवर्द्धनकाे बिषयमा श्रीलंकाका पत्रकारहरूले अन्तरक्रिया गरेका छन् । श्रीलंकाबाट नेपाल भ्रमणमा आएकाे पत्रकारहरूकाे टाेलीले लुम्बिनी विकास काेषकाे पछिल्लाे प्रगतिकाे बारेमा चासाे राखेका थिए । 

    images
    images
    images

    भेटमा लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी विकासकाे आयाेजनामा बाैद्ध मार्गी वाहुल्य देशका पत्रकारहरूकाे गाेष्ठी गर्ने याेजना रहेकाे जानकारी दिए । उनले लुम्बिनी मात्रै नभएर तिलाैराकाेट, रामग्राम देवदह लगायत बाैद्ध क्षेत्रहरूकाे भ्रमण गर्न आग्रह गरे । 

    images
    images
    images

    लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले वृहत् लुम्बिनी क्षेत्रमा भएकाे विकास निर्माण र संरक्षणका कार्यहरूकाे बारेमा जानकारी दिए । उनले सञ्चारमाध्यमले बुद्ध शिक्षा युवाहरूमाझ पुर्याउनु पर्नेमा बताए । 

    images
    images
    images

    लुम्बिनी विकास काेषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी विकास काेषले भाैतिक संरचना निर्माण मात्रै नभई पुरातात्त्विक क्षेत्रकाे संरक्षणकाे काम पनि गरिरहेकाे जानकारी दिए । उनले लुम्बिनीकाे प्रचारप्रसारमा याेगदान दिएकाेमा पत्रकारहरूलाई धन्यवाद दिए । 

    कार्यक्रममा विकास काेषका कार्यकारी सदस्य श्याम राेक्का, राजकीय विहारका संरक्षक सागर भन्ते, लुम्बिनी विकास काेषका सुचना शाखा प्रमुख डा.हरिध्वज राई वरिष्ठ पुरातत्त्वविद हिमाल उप्रेती लगायत विकास काेषका अधिकारीहरू र श्रीलंकाबाट आएका पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।