Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल क्रान्तिकारी रुपन्देहीकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा कपिल चापागाईं चयन 

अखिल क्रान्तिकारी रुपन्देहीकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा कपिल चापागाईं चयन 

images
  • अखिल क्रान्तिकारी रुपन्देहीकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा कपिल चापागाईं चयन 
    images
    images

    रिया बस्नेत, रुपन्देही । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देहीले २२ औं जिल्ला सम्मेलन सम्पन्न गरेकाे छ । 

    images
    images
    images

    साेमबार बुटवलमा सप्पन्न सम्मेलनले कपिल चपागाई अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा टिकाराम आचार्य, सपन पाैडेल, प्रशान्त बञ्जाडे, काशिराम आचार्य र सचिवमा सागर न्याैपाने, सहसचिवमा प्रचण्ड न्याैपाने, सृजना पाैडेल, कोषाध्यक्षमा बिष्णु प्रसाद ज्ञवाली र मधेस प्रतिनिधिकाे लागि माेति यादव लगायत छन् ।

    images
    images
    images


    सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल, कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पनि सर्वसाधारण जनताको पहुँच पुर्याउन नसकेको बताउँदै द्वैध शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको पहुँचमा हुने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य रहेकाे उनले बताए ।शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्नेमा उनले जोड दिए । 

    images
    images
    images

    राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर अघि बढ्ने बताएको छ । 

    क्रान्तिकारीले असोज ८,९ र १० गते काठमाडौंमा २२ औँ राष्ट्रिय सम्मेलन गर्दैछ । 

    माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश याेजना आयाेगका उपाध्यक्ष बामदेव क्षेत्री विशेष अतिथि रहेको उद्घाटन सत्रमा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज टंकमणि शर्मा, जिल्ला पाटि संयाेजक निर्मल जिसि, अखिल क्रन्तिकारी केन्द्रीय सचिव नरेश रेग्मी लगायत रुपन्देही जिल्ला भित्र रहेका बिभिन्न क्याम्पसहरुबाट प्रतिनिधित्व गरि आएका बिध्यार्थीहरुकाे उपस्थित रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।