Logo

२०८३, श्रावण ३०गते


images
images

माधवजी र म एक हुने भयौं : वामदेव गौतम

माधवजी र म एक हुने भयौं : वामदेव गौतम

images
  • माधवजी र म एक हुने भयौं : वामदेव गौतम
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।

    images
    images
    images

    बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भने ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’

    images
    images
    images


    नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

    images
    images
    images


    उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वामदेव गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।