Logo

२०८३, श्रावण ३०गते


images
images

वामदेव गौतम एमालेमै फर्किने

वामदेव गौतम एमालेमै फर्किने

images
  • वामदेव गौतम एमालेमै फर्किने
    images
    images

    काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एमाले फर्किने अन्तिम तयारीमा लागेका छन् ।

    images
    images
    images

    एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताएका गौतमले एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा फर्किन आह्वान गरेसँगै एमालेमै लाग्ने तयारी थालेका हुन् ।

    images
    images
    images

    गौतमले पार्टीमा फर्किन शुक्रबार एमाले अध्यक्ष ओलीसँग भेटेर कुराकानी समेत  गरेका थिए । उनको आइतबार पनि ओलीसँग थप कुराकानी भएको छ ।

    images
    images
    images

    ओलीले गौतमलाई छिट्टै पार्टी प्रवेश गराउने गरी कार्यक्रम राख्ने आश्वासन दिएको उनी निकट एक नेताले जानकारी दिए । गौतम तीन वर्षअघि ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै उपाध्यक्षबाट राजीनामा दिएर पार्टीबाट बाहिरिएका थिए ।

    यस्तै गौतम निशर्त एमालेमा फर्किन लागेपछि नेकपा एकता राष्ट्रिय अभियान भने विभाजन भएको छ । एकता अभियानका बहुमत केन्द्रीय सदस्यले गौतमको साथ छाडेका हुन् ।

    आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यले गौतमबाट अलगिएको घोषणा गरेका हुन् ।

    अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन् । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन् । उनीहरु माओवादी केन्द्रमा मिसिने तयारीमा लागेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वामदेव गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।