Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय सभा बैठक

देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन  : वामदेव गौतम

देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन  : वामदेव गौतम

images
  • देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन  : वामदेव गौतम
    images
    images

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्  । राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै गौतमले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भनेपनि दलहरुले केही पनि गर्न नसकेको बताए । 

    images
    images
    images

    उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए । गौतमले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरु नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गरे । उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको दावी गरे । दलहरुले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै उनले देश ठुलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने जिकिर गरे । 

    images
    images
    images

    उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ । कति समयसमम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन । तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को  चिज हुन्छ, यो सिद्धान्त हो । कसैले रोक्न सक्दैन । कसैले रोकेर रोकिएर भएपनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठूलो नोक्शानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ ।’

    images
    images
    images

    राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देश
  • # वामदेव गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।