Logo

२०८३, श्रावण ३०गते


images
images

विचार

देश छोडेर नभागौं, सुशासनको महाअभियान भर्खर सुरु भएको छ

देश छोडेर नभागौं, सुशासनको महाअभियान भर्खर सुरु भएको छ

images
  • देश छोडेर नभागौं, सुशासनको महाअभियान भर्खर सुरु भएको छ
    images
    images

    नेपाल एक आर्थिक पछौटेपन, चौतर्फी जमिनले घेरिएको, अधिक श्रोतसाधनले सम्पन्न, सम्भावना प्रचुर तर अलपत्र मुलुक हो। विज्ञान र प्रविधिको यति तिव्र विकास र प्रयोग हुँदाको यो समयमा हामी आवश्यक कानुनहरुको ड्राफ्ट कस्तो बनाउने भन्ने बहसमा जान खोजिरहेको पनि छैनौ  । देशमा ब्यापक बेरोजगारी र गरिबी छ।  मानब जीवनका आधारभूत आवश्यकतहरु पुरा गर्न आजपनि १८ प्रतिशात जनताले सकिरहेका छैनन।  तर हामि आज विकासका ठुलाठुला सपनाहरु राजनितिक नेतृत्वबाट बाडिरहेको सुन्छौ।  देशको मूल कानुन संबिधान बनेपछि त सुख समृद्धि दैलोमा आइहाल्छ, जसरी पहिले भाषणमा रमाएका हामी, आज एउटा निलो गाडी चल्दा वाहिवाही गर्ने अवस्थामा छौँ।

    images
    images
    images

    बर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएको समस्या १/२ महिना अगाडिबाट सुरु भएको होइन। तर त्यसो भनेर राज्य सन्चालनमा रहेका जिम्मेवार निकाय यत्तिकै उम्कन पाउने अवस्था छैन। नेपाली अर्थतन्त्र युवाहरूलाई विदेशमा बेचेर उनीहरुको रेमिटेन्सबाट नुनदेखि सुनसम्म आयात गरेर त्यही आयातमा प्राप्त करबाट चलेको छ। वैदेशिक ऋणको ब्याज तिर्न वैदेशिक ऋण नै लिनुपर्ने कस्तो नियति भोग्दैछौ हामीले ? यो सुन्दा सामान्य लाग्ने तर अत्यन्तै जटिल अवस्था हो। आवस्यक नै नभएका अन्तर्राष्ट्रिय विमानस्थलको नाममा अर्बौं ऋण लिएर किन बनाउनुपरेको? समस्याहरू बर्गेल्ती छन। विश्वब्यापी कोभिड आतंक, त्यसपछि हालैको रुस युक्रेन युद्धको कारण पनि नेपाली अर्थतन्त्र डामाडोल छ। 

    images
    images
    images

    युवाहरू वैदेशिक यात्राको लागि हानथाप गरिरहेका छन। समाजमा पुर्णतः निरासा र नकारात्मकताको मात्रै आवाज बुलन्द छ। देश छाडेर जानेहरूको स्तर निर्धारण भएको छ। अलि राम्रो बिषय अध्ययन गरेको, नेपालमा राम्रोसँग कुनै पेशामा आवद्ध भएर अनुभव हासिल गरेको जस्तै डाक्टर, इन्जिनियर, लेखापरीक्षक, बैंकरहरु किन दिनहुुँ युरोप भागिरहेका छन? देशको मुल चुनौती नै यहि हो।  देश छाडेर भाग्नेहरुले नै हो नेपाली समाजमा बसेका पिधका मानिसलाई आतंकित पारेको !

    images
    images
    images

    नेपाल बनाउन अन्य मुलुकबाट कुनै 'राम' आउदैनन। बनाए हामीले हो, बिगारे पनि हामीले नै हो।

    नेपाल बनाउन अन्य मुलुकबाट कुनै 'राम' आउदैनन। बनाए हामीले हो, बिगारे पनि हामीले नै हो। हिजो देशका हजारौं समस्यालाई देखि-देखि नेपालमै राम्रो गरेर खान सक्ने प्रेम बानियाहरु अब स्वाभिमान लिएर फर्कदैछन । मानौ, नेपाली जनता १७औं शताब्दीमा छन । उनलाई उल्लू बनाउन अझैपनि सकिन्छ, यहि सोचेर रबि लामिछानेहरु पहिरो नियन्त्रणमा वाकिटकी सहित उपस्थित छन। यिनैले देशको समस्या समाधान गर्छन भनेर देशको आधा जनसंख्या जो मध्यम वर्ग छ, उहीँ दौडिरहेको छ।

    प्रचण्ड नेतृत्वको बर्तमान सरकार बनेपछि केही आशाका किरण देखिन थालेका छन तर सुशासनको नारालाई जति चर्को बनायो, डेलिभरी र ऎन कानुनी ब्यबस्था उति बलियो हुनुपर्ने हो। त्यसो भैरहन गतिलो प्रतिपक्षी छैन। राज्य साच्चै नै जिम्मेवार हुने हो भने किन जग्गा कित्ताकाटले अर्थतन्त्र चलायमान हुन्छ भनेर सोचिएको छ? जग्गा कित्ताकाटले अलिकति राजस्व थप गर्ला तर आर्थिक वातावरण नै परिवर्तन हुने त होइन? सरकार यस्तै कुरामा चुकिरहेको छ। अर्थात सरकारले आफ्नो आर्थिक नीति स्पष्ट गर्नै सकेको छैन।

    सरकारले अर्थतन्त्र चलायमान गराउन लिनैपर्ने निर्णयहरु :

    १. तत्कालै सरकारले स्वेतपत्र जारी गरेर अर्थतन्त्रको हालको अवस्था जनतालाई बताउनुपर्छ। ताकी सरकारको मर्का जनताले पनि बुझेर राज्यलाई सहयोग गरून् । जनतामा अनावश्यक बिलासी जीवनशैली र नकारात्मक आलोचना कम होस। 

    २. विदेश जाने ट्रेन्डलाई कम गर्नैपर्छ। त्यसका लागि युरोप, अष्ट्रेलिया, क्यानडा जाने विद्यार्थीहरु कम्तिमा नेपालमा स्नातक  पास गरेको हुनुपर्ने र प्लस २  पास गरेपछि अनिवार्य रुपमा आफ्नो स्थानीय निकायमा १ बर्ष कुनै कृषि उद्यम, सामाजिक सेवा वा उत्पादनमा संलग्न हुनैपर्ने ब्यबस्था गर्नैपर्छ।

    ३. राम्रो रेमिटेन्स प्राप्त हुने,रोजगारीको उच्च सुरक्षा भएका मुलुकमा जाने युवाहरूलाई निशुल्क बिदेश जाने ब्यबस्था गराउनुपर्ने हुन्छ। यसको लागि सम्बन्धित  सरकारसङ्ग हामीले सम्झौता गरेर हाम्रा युवाहरूलाई तालीम र सीप प्रदान गरेर पठाउनुपर्छ। यो काम सरकारले आज नै सुरु गर्न सक्छ।

    ४. बढ्दो विज्ञान प्रविधिको प्रयोग र यस्को ब्यापारीकरण लोभलाग्दो छ । नेपालले आइटी निर्यात मार्फत ६७ अर्ब अघिल्लो आर्थिक बर्षमा प्राप्त गरेछ। यसलाई थप प्रभावकारी बनाउन आइटी क्षेत्रमा व्यावसायिक हिसाबले लागेका युवाहरूलाई करछुटको ब्यब्स्था, विभिन्न साधन स्रोतको सरकारले नै उपलब्धता गराउने काम गर्न सकिन्छ। भने आइटी बिज्ञ उत्पादनका लागि नेपाली कलेज, युनिभर्सिटीलाई अलि सर्वसुलभ बनाउन सकिन्छ। विभिन्न देशमा सरकारले नै अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा पठाई भोलि त्यो जनशक्ति राज्यहितमा प्रयोग गर्ने गरि अगाडि बढ्न सकिन्छ। तर बिडम्बना कानुन बनाउनेहरु विद्युत ब्यापार र विद्युतीय ब्यापारमा फरक छुट्ट्याउन नसक्ने छन।

    ५. सरकारले आजबाटै सुरु गर्न सक्ने अर्को काम हो वन सम्पदाको उचित प्रयोग। नेपालमा ५० औ अर्वको काठजन्य सामानको बार्षिक माग छ। आज नेपालको बन ४५ प्रतिशत फैलिएको छ। तर काठ अन्य मुलुकबाट आयात भैरहेको छ। राज्य यति निकम्मा किन बन्दैछ ? आफ्नो जङ्गलको काठ कुहिएको छ।  तस्करले रातारात सयौं गाडी चोरीनिकासी गरेका छन। हामी यो बिषयमा संबेदनसिल बन्नुपर्छ । सरकारले प्लास्टिकजन्य फर्निचरको सामान आयातमा तत्कालै रोक लगाउनुपर्छ र नेपाली काठको पुर्ण प्रयोग गर्न सकेको खण्डमा नेपाली काठ व्यावसायी, आम उपभोक्ता र राज्यको आयकर,भ्याटमा समेत उल्लेख्य वृद्धि हुन सक्छ। यसको लागि कुनै कानुन कुरेर बस्नुपर्ने छैन।  अध्यादेश मार्फत अगाडी बढेपनी फरक नपर्ला। यस्का साथै विभिन्न जडिबुटी, गाजाजस्ता बहुमुल्य कम लगानीमा उत्पादन हुने बस्तुहरुको उत्पादन र निर्यातमा राज्य तुरुन्तै अगाडि बढ्न सक्छ। 

    ६. कृषिमा प्रत्येक स्थानीय सरकारले राम्रो प्रयत्न गरेका छन। अब हरेक स्थानीय सरकारले अनिवार्य रुपमा कृषि उत्पादन, उत्पादित बस्तुको बिक्रीवितरणमा सहज ब्यबस्थापन गर्न अन्तरस्थानीय सरकार समन्वय जरुरी छ। सबै स्थानीय सरकारलाई सङ्घिय सरकारले उत्पादक देखि अन्तिम उपभोक्तासम्मको जिम्मेवारी स्थानीय तहले लिनैपर्ने बाध्यात्मक परिस्थिति सृजना गर्ने हो भने दलालतन्त्रको अन्त्य हुन्छ। भने बादर आतंक, बढ्दो बसाइँसराइ रोक्नको लागि एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जानेलाई आफ्नो जग्गामा कुनै दीर्घकालीन रुख बोट बिरुवा फलफूल नलगाई जानै नसक्ने बनाउन सकिन्छ।

    ७. पर्यटन देशको अर्थतन्त्रको मुख्य आधार हो। तर दु:खद कुरा नेपालमा आउने पर्यटकले भन्दा नेपालीले अन्य देशमा घुमेर सकेको पैसा २५ अर्व बढी छ गत आर्थिक बर्षमा । नेपालीलाई यत्तिकै घुम्न जानै दिनुहुदैन । व्यावसायिक उद्देश्यले जाने कुरा अत्यावश्यक छ। तर नेपाली रकम बिदेशी माटोमा खन्याउनुभन्दा पहिले हामीले यो देशमा पर्यटक भित्र्याउन जरुरी छ। उनीहरुको खर्च गर्ने शैली किन कम छ? किन नेपाल बिश्वकै घुम्नको लागि सस्तो मुलुक बन्दैछ? यसमा विशेष ध्यान जानु आवश्यक छ। हामी हाम्रा सम्पदाको संरक्षण  गरेर, यिनिहरुको प्रचारप्रसार हाम्रा लाखौ युवाहरू जो बिश्वभरी छन।  उनीहरु मार्फत गर्न सक्छौ। कुनै कम्पनी काम गर्ने नेपालीले उक्त कम्पनीको मालिकलाई नेपालको कुनै चिनो अनिवार्य दिने र घुम्न आउन निम्तो मात्रै दिने हो भने ७० लाख युवा मध्य १० लाख पर्यटक आउन सक्छन्। सस्तो तर प्रभावकारी पर्यटन प्रचार गरेर, नेपालको स्वागत शैलीमा ब्यापक सुधार गरेर, लुम्बिनी पोखरा काठमाडौ सभ्यता ,सगरमाथा जस्ता क्षेत्रमा राम्राराम्रा गाइडहरुको ब्यबस्थापन गरेर हामी हाम्रो पर्यटनलाई तत्काल आकर्षक बनाउन सक्छौ।

    अन्त्यमा, हामी हाम्रो उपभोग संस्कृतिमा ध्यान दिनुपर्छ। उत्पादन सम्बन्ध स्थापित हुनुपर्छ। राज्यका निकायलाई खबरदारी गर्न पनि हाम्रो आचरण सहि हुनुपर्छ। उल्लेख प्राकृतिक, मानवीय स्रोतले सम्पन्न हाम्रो मुलुक यत्तिकै छाडेर जानुहुदैन। हो, वैदेशिक यात्रामा जानैपर्ने भनेको नेपालमा अध्ययन हुन नसकेका बिषयमा अध्ययन गर्न, नेपालमा सामान्य रोजगारीमा भुल्नुभन्दा वैदेशिक रोजगारीले परिवारको आर्थिक व्यवस्थापन गर्नैपर्ने बाध्यतामा रहनुभएका निम्नमध्यम आर्थिक अवस्थाभएका युवाहरु जाने हो। विषय बिज्ञहरु जसले धेरै आम्दानी गर्न सक्छन् र  तर देशलाई, नेतालाई, आफ्नै समाज र परिवारलाई तथानाम गाली गर्दै समाजमा नैराश्यता थप गर्दै घरमा २०/३० लाख ऋणको भारी बोकाएर उतै बस्ने गरेर जाने हुदै होइन।  देश बन्दै छ । जनता चेतनशील भैसकेको छन। राज्य चलाउन तम्सिएकाहरु अलि गम्भीर भएका छन। सुशासनको महाअभियान भर्खर सुरु भएको  छ। हामी आफ्ना आधारभूत आवस्यकतालाई मात्रै पूरा गरेरमात्र अहिलेको कदमलाई साथ दियौ भने सुनौलो दिन भोलि पक्कै आउनेछ, ल्याउनैपर्छ।

    लेखक डुम्रे सेतोमसीको विचार स्तम्भका स्तम्भकार हुन ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशासन
  • # देश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।