Logo

२०८३, श्रावण ३०गते


images
images

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

images
  • ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
    images
    images

    मस्को । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले जनाएको छ ।

    images
    images
    images

    डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको शनिबार  समाचारमा जनाइएको छ ।

    images
    images
    images

    ‘गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ । राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,’ आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने ।

    images
    images
    images

    डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताएका छन् । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रोन आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।