Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

images
  • समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 

    images
    images
    images

    शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।

    images
    images
    images

    अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे ।

    images
    images
    images

    उनले बिचार मिल्नेसँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसंगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए ।

    अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।