काठमाडौं । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको आरोप छ । बधुवार राति अस्कल होस्टलबाट बयकलाई पक्राउ गरी प्रहरीले कुटपिट गरेको अनेरास्ववियुले विज्ञप्ति मार्फत जनाएको हो ।
अनेस्ववियुका अध्यक्ष समीक बडालले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आपत्ति जनाएका छन् । उनले गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको विज्ञप्ति मार्फत जनाएका छन् ।
बडालले घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत जोडदार माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधिविरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन समेत सङ्गठन बाध्य हुने बडालको चेतावनी छ ।
बयकलाई बुधवार राति अन्दाजी ७ बजेतिर ‘नेपाल प्रहरीको प्रतिनिधी हुँ’ भन्दै दरबार वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगेको र टोखा र्पुयाएर विभिन्न आरोपमा नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ । राति २ बजेमात्र बयकलाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology