Logo

२०८३, श्रावण ३०गते


images
images

एमएसएस मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालकै प्रथम

एमएसएस मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालकै प्रथम

images
  • एमएसएस मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालकै प्रथम
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि "सेकेण्डरी बी" लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । 

    images
    images
    images

    अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ती व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरि प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे । 

    images
    images
    images


    अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे । श्रेष्ठले न्युनतम सेवा मुल्याङ्कनका मादण्ड अनुसारका आधारभुत कुराहरुको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले नीति बनाउँदा कार्यन्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गरे । 

    images
    images
    images

    यसैगरी अस्पतालको निर्माणाधिन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखिनै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा जोड दिए । 

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भाबी योजना बारे जानकारी गराए । अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फट मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराए । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधनगरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए । 

    अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भैरहेको उल्लेख गरे ।अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।