काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषणमा लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले खाना पकाउने ग्याँसको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताए ।
उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ‘कति वर्ष भयो घरघरमा ग्याँस पु¥याउने भनेको ?’ प्रश्न गर्दै उनले भने, ‘मैले मात्र सुनेको हो कि अन्य माननीय ज्युले पनि सुन्नुभएको हो । दश वर्षजति त भएछ त ।’
सांसद ढकालले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाएका छन् । —न्युज एजेन्सी नेपाल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology