काठमाडौं । ने क पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न दाहाल केहीबेर अघि बालुवाटार पुगेका हुन् ।माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड देउवालाई भेट्न वालुवाटार पुगेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ । प्रधानमन्त्री देउवासँगको भेटमा दाहालले मन्त्रिपरिषद विस्तारबारे छलफल गर्ने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology