Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम विजयी

images
  • प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम विजयी
    images
    images

    बुटवल । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्यस्तै आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकाल्यो । सोमवार सिद्दार्थ रंगशालामा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई १ सय ३४ रनले हराउँदै जित हात पारेको हो । त्यस्तै लमहीमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    लमहीमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले दिएको २ सय २० रनको लक्ष्य सुदुरपश्चिमले ४३ ओभरमै ४ विकेट गुमाएर पुरा ग¥यो । सुदुरपश्चिमको जितमा किरण ठगुन्नाले १ सय २१ रनको सानदार नटआउट इनिङ खेले । त्यस्तै नारायण जोशीले ३८ रन बनाउँदा खड्क बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रन बनाए ।

    images
    images
    images

    त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा दिपक डुम्रेले ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिलो खेलमा सुदुरपश्चिम प्रदेश कर्णालीसँग पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्ते सोमवारनै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६२ रन बनायो । आर्मीका लागि सन्तोष कार्कीले ७६ रन बनाउनु नै टिमका लागि सर्वाधिक रह्यो । उनी बाहेक विनोद भण्डारीले ४७ रन बनाउँदा विवेक यादवले ३० तथा कुशल मल्लले २६ रन बनाए । त्यस्तै टिमको लागि त्रित राज दासले ३६ रन बनाएका थिए ।

    २ सय ६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ५१ रन जोडे । आर्मीका लागि साहव आलमले ४ विकेट लिंदा आकाश चन्दले ३ र सोमपाल कामी, नरेन साउद र वसिर अहमेदले समान १–१ विकेट लिए । बगामतीको यो लगातार दोस्रो हार हो। यसअघि प्रतियोगितामा लुम्बिनी प्रदेश एपिएफ र कर्णालीले विजयी सुरुवात गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।