Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट : आर्मी र रूपन्देही-११ भिड्ने

भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट : आर्मी र रूपन्देही-११ भिड्ने

images
  • भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट : आर्मी र रूपन्देही-११ भिड्ने
    images
    images

    भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।

    images
    images
    images

    आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही-११ टीम बीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता अवधीभर ९० ओभरको एउटा, एकदिवसीय तीनवटा र टी-२० का खेल तीनवटा खेल हुनेछन् । मुलुकमै दुई टीमबीच यस्तो फम्र्याटमा पहिलोपटक क्रिकेट हुन लागेको हो ।

    images
    images
    images

    प्रतियोगिता संयोजक प्रथम पराजुलीलले पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी-२० क्रिकेट हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताले क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने संघका अध्यक्ष हरिबहादुर थापाले बताए । उनले यस्ता प्रतियोगिता नियमित आयोजना गर्न सक्ने हो भने क्रिकेट र खेलाडी दुबैका लागि राम्रो अवसर हुने बताए ।

    images
    images
    images

    भित्रुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्रसिंह ठकुरी र रुपन्देहीका कप्तान देव खनालले यो प्रतियोगिता आफूहरुका लागि निकै राम्रो अवसर भएको जनाए । उनीहरुले जति धेरै क्रिकेट खेल्न पायो, उतिधेरै निखारता आउने भन्दै प्रतियोगिता आयोजना गरेकोमा रुपन्देही क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

    प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।