Logo

२०८३, श्रावण ३०गते


images
images

पिएम कम क्रिकेट : शनिवारको खेलमा त्रिभुवन आर्मी र पुलिसको जित

पिएम कम क्रिकेट : शनिवारको खेलमा त्रिभुवन आर्मी र पुलिसको जित

images
  • पिएम कम क्रिकेट : शनिवारको खेलमा त्रिभुवन आर्मी र पुलिसको जित
    images
    images

    भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । 

    images
    images
    images

    २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नटआउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । यस्तै, बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारी २७ रन बनाए । कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुईंटेलले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४(.३ ओभरमा २ सय ३) रन बनाएको थियो । 

    images
    images
    images

    कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै, सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २–२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।

    images
    images
    images

    यस्तै, शनिवारै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दियो । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय (३ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पुलिसले ४(.५ ओभरमा २ सय ८८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५, अर्जुन साउदले ४७, दीलिप नाथले ४५ र  शंकर रानाले २७ रन बनाए । मधेशका ?पेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए । 

    २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ र रुपेश सिंहले १६ रन बनाए । पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । जितसँगै पुलिस अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेशको ३ खेलमा २ अंक छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।