Logo

२०८३, आश्विन ९गते


images
images

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

images
  • ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले जारी गरेको सूचनामा जनाइएको छ ।

    images
    images
    images

    ट्रम्पले प्रतिवन्द लगाउने तयारी गरेका देशहरुमा दक्षिण एसियाका अफगानिस्तान र भुटान रहेका छन् । यी देशका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले गरेको छ ।

    images
    images
    images

    अमेरिकाको ‘रेड लिस्ट’ मा अफगानिस्तान र भुटानबाहेक क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन रहेका छन् । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाको ‘ओरेन्ज लिस्ट’ मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान रहेका छन् । यी देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने भनिएको छ ।

    त्यस्तै ‘एलो लिस्ट’ मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेसहित २२ देश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।