Logo

२०८३, श्रावण ३०गते


images
images

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

images
  • संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
    images
    images

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने तालिका रहेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव सदनमा पेश गर्नेछन् । सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्ताव उनले प्रश्तुत गर्नेछन् । 

    images
    images
    images

    त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विद्यायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन् । 

    images
    images
    images

    यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि समेत छलफल गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाको बैठकमा प्रश्तुत हुनेछ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।