Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्री जवाफ : ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्री जवाफ : ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’

images
  • प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्री जवाफ : ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको आरोप लगाएका छन् । बुधवार काठमाडौंमा युवा संघको स्वयम्सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताए । 

    images
    images
    images

    उनले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताए । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको उनको भनाई छ । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले प्रश्न गरे, तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ?  सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उहाँको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरुले अहिले बिरोध गरिरहेको ओलीको आरोप छ । 

    images
    images
    images

    ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिंदै १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताए । नेकपा (माओवादी केन्द्र) प्रति व्यङ्ग्य गर्दै ओलीले पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको आरोप लगाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।