Logo

२०८३, आश्विन १०गते


images
images

देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

images
  • देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरे । 

    images
    images
    images

    अर्थमन्त्री पौडेलले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादन वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे । 

    images
    images
    images

    लगानीकर्ताहरुलाई लगानीको लागि सरकारले आकर्षित गरिरहेको बताउँदै उनले त्यसकै लागि अध्यादेशहरु ल्याएको समेत उल्लेख गरे । सरकारले ल्याएका अध्यादेशहरु अहिले कानूनको रुपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका, मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको बताए ।

    images
    images
    images

    मन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरु रहेको समेत बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।