Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्धजयन्ती

लुम्बिनीमा बुद्धजयन्तीको तयारी, के-के छन् कार्यक्रम ?

लुम्बिनीमा बुद्धजयन्तीको तयारी, के-के छन् कार्यक्रम ?

images
  • लुम्बिनीमा बुद्धजयन्तीको तयारी, के-के छन् कार्यक्रम ?
    images
    images

    काठमाडौँ । लुम्बिनी विकास कोष २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारीमा जुटेको छ । शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै कोषले वैशाख २८ देखि ३० गतेसम्म विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने जनाएको हो  । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुद्ध जयन्तिको मूल समारोह बैशाख २९ गते लुम्बिनीमा हुने बताए । उनले बुद्ध जयन्ति भव्य बनाउन लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिए । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित चीन, भारत, पाकिस्तान, श्रीलंका लगायतका देशका राजदुत समेत कार्यक्रममा सहभागी हुने बताए । 

    images
    images
    images

    सो अवसरमा उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना सम्पन्न गर्न बजेट अभाव भएको उल्लेख गर्दै लुम्बिनी विकास कोषमा सुशासनको अभाव भएको बताए । उनले सबै समस्यासंग जुद्धै लुम्बिनीको विकासमा काम गरिरहेको दावी गरे ।    

    images
    images
    images

    विकास कोषका कोषाध्यक्ष तथा मूल आयोजक समितिका प्रचार संयोजक सिद्धिचरण भट्टराईले प्रचार प्रसारको कामलाई तिब्रता दिइएको बताए । समारोह व्यवस्थापनका लागि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्था समिति, शोभायात्रा तथा भोजन व्यवस्थापन समिति लगायतका उपसमितिहरू गठन गरिएको उनको भनाई छ।

    कोषाध्यक्ष भट्टराईका अनुसार वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ। वैशाख २९ गते बिहान ६ बजे भिक्षु-भिक्षुणी तथा उपासक-उपासिकाहरूको सहभागितामा प्रार्थना सभा र ७:३० बजे ५ नम्बर गेटबाट शोभायात्रा निकालिनेछ।

    बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान, देवदह लगायतका क्षेत्रमा बुद्धजयन्तीका अवसरमा सरसफाई, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान र प्रशुति उत्सवजस्ता विविध कार्यक्रम आयोजना गरिनेछ ।

    वैशाख ३० गते नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तु लगेर बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ। मायादेवी मार्ग हुँदै कपिलवस्तुको तिलौराकोट सम्म बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिनेछ।

    बुद्धजयन्तीको अवसरमा लुम्बिनी, कपिलवस्तु र आसपासका जिल्लाबासीलाई दीप प्रज्वलन गरी बुद्धको ज्ञानको महत्व दर्शाउन लुम्बिनी विकास कोषले अपिल गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्धजयन्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।