Logo

२०८३, श्रावण ३०गते


images
images

घर-घरमा दीप प्रज्वलन गरि बुद्धजयन्ती मनाउनुहुन नगरपालिकाको अनुरोध, यस्ता छन् कार्यक्रम

घर-घरमा दीप प्रज्वलन गरि बुद्धजयन्ती मनाउनुहुन नगरपालिकाको अनुरोध, यस्ता छन् कार्यक्रम

images
  • घर-घरमा दीप प्रज्वलन गरि बुद्धजयन्ती मनाउनुहुन नगरपालिकाको अनुरोध, यस्ता छन् कार्यक्रम
    images
    images

    देवदह । देवदह नगरपालिकाले नागरिकहरुलाई आ-आफ्नो घरमा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गर्दै  बुद्ध जयन्ती मनाउनुहुन अनुरोध गरेको छ। आइतबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्माले एक सूचना जारि गर्दै  देवदह नगरपालिकाले २५६७ औं बुद्ध जयन्तीलाई भव्य रुपमा मनाउने निर्णय गरेको जानकारी दिंदै सोहि अनुसार सहभागी हुन् नगरबासीलाई अनुरोध गरेका हुन् । 

    images
    images
    images

    जस अनुसार बैशाख १९ गते विहान ८ बजे  बुद्धसँग सम्बन्धित सम्पूर्ण स्थानहरुमा सरसफाई गरी सौन्दर्यीकरण गर्ने, दिउँसो १ बजे कन्यामाई मन्दिर देवदह-७ मा विशेष समारोह गरि देवदह सूक्त सम्बन्धी प्रवचन, बुद्ध र चन्डारिका नाटक प्रदर्शन तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम नगरपालिकाले आयोजना गरेको छ। 

    images
    images
    images

    बैशाख २० गते विहान १० बजे बुद्धसँग सम्बन्धित स्थान, सम्पूर्ण विद्यालय, नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा पञ्चशील झण्डा फहराउने । २१ गते सम्पूर्ण विद्यालयहरुमा बुद्धसँग सम्बन्धित विषयमा विविध कार्यक्रम तथा प्रतियोगिताको संचालन गर्ने, साँझ ६ बजे भवानीपुर, बैरीमाई कन्यामाई मन्दिर, मायादेवी पार्क, बुद्धसँग सम्बन्धित अन्य स्थानहरु, नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा शान्तिदीप प्रज्वलन गर्ने लगायतका कार्यक्रम गर्न नगरपालिकाले आग्रह गरेको छ। 

    images
    images
    images

    वैशाख २१ गते बेलुका ६ बजे सम्पूर्ण नागरिकहरुलाई आ-आफ्नो घरमा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गर्दै  बुद्ध जयन्ती मनाउनुहुन अनुरोध गरिएको छ। 

    उक्त कार्यमा सम्पूर्ण राजनैतिक दलहरु, संघ-संस्था, टोल विकास संस्था, विभिन्न क्लब तथा महिला समूहहरु, उद्योगी व्यवसायी, शिक्षक, विद्यार्थी, पत्रकार, विभिन्न पेसा बुद्धसँग सम्बन्धित स्थान, सम्पूर्ण विद्यालय तथा सरकारी कार्यालयहरुमा बुद्धसँग सम्बन्धित स्थान, सम्पूर्ण विद्यालय तथा सरकारी कार्यालयहरुमा सँग आवद्ध कर्मचारीहरु लगायत सम्पूर्ण नागरिक समाज तथा सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरिएको छ । 

     

     देवदह नगरपालिका.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।