डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ । शुक्रवार बिहान ६ बजे 'मर्निङ वाक' सहित डडेल्धुराबाट प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरे ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको मध्यपहाडी लोकमार्गको अभियान टिमले डडेल्धुराको सदरमुकाम अमरगढीमा 'मर्निङ वाक' गरेको छ ।
यस अघि तराईमधेश हुलाकी मार्गमा अभियान संचालन गरेको माओवादीले दोस्रो चरणको अभियान मध्यपहाडी लोकमार्गमा सुरु गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology